चरीकोटमा भएको जस्तो हमलालाई कसरी टार्न सकिन्छ ?


ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउँने चिकित्सकहरू को हुन् ?

नेपालमा एमबीबीएस डिग्री एउटा स्नातक तहको चारवर्षे कार्यक्रम हो जसको अन्त्यमा एक वर्षे इन्टर्नशिप गर्नुपर्ने हुन्छ। चारवर्षे यो कोर्श अत्यन्त प्राज्ञिक खालको छ र यसमा पढ्ने र परीक्षा लिने विधिमा जोड दिइएको हुन्छ। एक वर्षे इन्टर्नशिपको बेलामा मात्र युवा चिकित्सकले विरामीहरूको परिक्षण गर्ने, चिरफार गरेको हेर्ने वा त्यसमा सघाउँने अनि आदेशहरू लेख्ने गर्छन्। इन्टर्नशिप पछि ति चिकित्सकले एक मेडिकल अफिसरको रूपमा पेशा आरम्भ गर्छन् र त्यसपछि मात्र तिनिहरू स्नातकोत्तर अर्थात पोष्ट ग्र्याजुएट (पिजी) तालिम लिन जान्छन् जुन मास्टर्स डिग्री समान हो । यसले उनिहरूको नामको पछाडि एमडी उपाधि प्रदान गर्दछ। एकजना एमडीलाई वरिष्ठ चिकित्सक मानिन्छ।

‘’चरीकोट काण्ड’’

हालसालै दोलखा जिल्लाको चरीकोट स्थित अस्पतालमा भर्ना गरिएको एक बालकको मृत्यु भएको थियो। एउटा रिपोर्टले उक्त घटनालाई बिस्कुट खाँदा स्वास नली बन्द भएको भनेको थियो तर त्यसको छानविन हुँदैछ। प्रतिकृया जति यसका विवरणहरूको महत्व छैन। मृतकका परिवारले तीनसय मानिसहरूको भिड जम्मा गरे र चिकित्सकहरूलाई धम्काए। जव स्थानीय प्रशासनले भिडलाई तितरबितर पार्न सकेनन् तव उनिहरूले चिकित्सकलाई मानिसहरूको भिड अगाडि उभिएर क्षमायाचना गर्न बाध्य पारे। उक्त दृष्यको भिडियो खिचेर यु ट्युवमा प्रकाशित गरियो जुन निकै छिटो फैलियो वा भाइरल भयो जसलाई पाँच हजार भन्दाबढी मानिसहरूले हेरेका थिए।

img_20160704_171100

I gave out brochures for the classes offered by my friends at the Center for Medical Simulation in Kathmandu, Nepal’s only “Official” International Training Center for ACLS with the American Heart Association


नेपालमा अल कायदा

मेडक्रोम साइटमा प्रकाशित एक समाचारमा चरीकोट भिडियोलाई अल कायदाले शरीर बन्धक बनाउँदा जस्तै तरिका उपयोग गरेको भनेर तुलना गरिएको छ। नमस्कार गरे झैँ गरेर ६ जना युवा चिकित्सकहरूलाई उभ्याइएको हेर्दा पिडा अनुभव भएको थियो। मलाई लाग्छ हरेक चिकित्सा शास्त्रको विद्यार्थीले आफूलाई अपमानित गरिएको अनुभव गरेका थिए र त्यसको मार सबैमा परेको थियो। स्वास्थ्य मन्त्रालयले उक्त घटनाको छानविन गरेर तीन दिन भित्र प्रतिवेदन दिन तीन सदस्यीय टोली पठाएको थियो।


सबैले के कुरा थाहपाउन आवश्यक छ भने यो यदाकदा मात्र हुने गरेको पृथक घटना थिएन र यसलाई त्यसरी लिइनु हुन्न। म एकजना विदेशी भएपनि म सित नेपाली नर्सिङ्को लाइसन छ र म नेपालमा हुँदा सम्वेदनशिल हेरबिचार सेवा पढाउँछु। मैले नेपालको धेरै ठाउँहरूको यात्रा गरेको छु। हजारौँ नर्स र चिकित्सकहरूले म सित कक्षा लिएका छन्। मैले नेपालमा कृतिम स्वास प्रश्वास गराउँने प्रभावकारी उपाय र अवरोधहरू माथि अध्ययन गरेको छु। यो कोर्शमा सफल परिणाम हासिल गर्नमा अवरोध गराउँने कुराहरूलाई निर्मूल पार्ने वा त्यसको सामना गर्ने तरिका सिकाउँन तयार गरिएको हो। सन् २०११ देखि नै मैले विरामीहरूका आफन्तहरूले देखाउँने गरेका आक्रामक व्यवहारलाई सम्बोधन गर्न स्वास्थ्यकर्मीहरूलाई सघाउँने तालिमलाई समावेश गरेको छु। यसमा भूमिका निर्वाह गर्ने तरिकाको उपयोग र त्यसपछि उक्त विषयमा जानकारी दिने कुरा समावेश हुनेगर्छ। म प्राय गरेर नर्स र चिकित्सकहरूसित उनिहरूले कामको सिलसिलामा यस्ता खालका भिडको प्रतिकृयाको अनुभव गरेका छन् वा छैनन् भन्नेकुरा सोध्ने गर्छु। हरेक अनुभवी चिकित्सक वा नर्सले यस्तो अनुभव गरेका हुन्छन्। त्यहाँ सयौँ कथाहरू छन् जसले तपाईँलाई स्तब्ध बनाउँन सक्छ। यो दोलखामा मात्र भएको भनेर नसोच्नुहोस काठमाण्डुमा पनि घटनाहरू हुन्छन्। उदाहरणको लागि गत बसन्त ऋतुमा पाटन अस्पतालमा ड्युटीमा नरहेका एकजना प्रहरी अफिसरले दुईजना चिकित्सकहरूमाथि मुक्का प्रहार गरेका थिए।

IMG_20160607_090532

चरीकोट घटना चर्चामा आएपनि त्यस्ता धेरै घटनाहरू सार्वजनिक चर्चामा आउँदैनन्। यो भिडियोका कारण सो घटनालाई वेवस्ता गर्न गाह्रो हुन्छ, र यसमा सबै चिकित्सकहरूको नाम प्रकाशमा ल्याइएको छ। यो पनि अचम्म लाग्दो कुरा छ कि स्थानीय प्रहरी यसमा असफल भएको छ। यि सबै घटनाहरू न्यायिक प्रणालीमा जानु आवश्यक हुन्छ। तपाईँले यसमा चिकित्सकहरू दोषी रहेको ठान्न पाउँनुहुन्न। उक्त अस्पतालका लागि सहयोग गर्दै आएको एउटा अन्तराष्ट्रिय एनजिओ खानेकुरा मुखमा हाल्दा स्वास प्रश्वास बन्द भएर बितेको बालकको ज्यानको लागि जिम्मेवार हुँदैन। विदेशीहरूमाथि आरोप लगाउँन सजिलो छ तर सन्चालक समितिका अधिकाँश सदस्य नेपाली नागरिक छन्।

एक निष्पक्ष छानविनले केवल दोषारोपणमा मात्र होइन त्यसभन्दा धेरै कुराको परिक्षण गर्नुपर्छ तर त्यही विन्दुमा रहेर छानविनले स्वास प्रश्वास बन्द भएको सो घटना पनि भैपरी आएको भनेर निष्कर्ष दिन सक्दैन। मेरो जानकारी अनुसार नेपालका ग्रामिण क्षेत्रमा हामीले ति युवा चिकित्सकहरूलाई पठाउँनु अघि उनिहरूलाई तयार पार्न के गर्नु पर्छ भन्नेतर्फ ध्यान दिनुपर्छ। म जहाँ जान्छु त्यहाँ म एमबीबीएसको कोर्श र इन्टर्नशिपमा पहिलो नजर लगाउँछु। मैले यो जानकारी पाएको छु कि पीजी तालिममा नजाउन्जेल नेपालमा कसैले पनि एडभान्स्ड कार्डियाक लाइफ सपोर्ट वा पिडियाट्रिक एडभान्स्ड लाइफ सपोर्टबारे अध्ययन गरेका हुँदैनन्। अधिकाँश चिकित्सा कलेज वा नर्सिङ् स्कूलमा एकमात्र सिपिआर डोल हुन्छ र नर्स तथा चिकित्सकहरूले यसको प्रयोग गरेका हुँदैनन्। उनिहरूले कृतिम स्वास प्रश्वासको लागि साइकोमोटर चलाउन दक्षता हासिल गरेको कसैले हालसम्म देखेको पनि छैन। स्षष्ट रूपमा यो खाडल वा ग्यापलाई पुर्नु आवश्यक छ। चरीकोटमा पीजी तहसम्मको योग्यता हासिल गरेका चिकित्सक थिएनन्। सबैतिर यस्तै परिस्थिति देखिन्छ। यसकारण म यो निष्कर्षमा पुगेको हुँ कि चरीकोटका चिकित्सकहरूले आफ्नो कर्तव्य निर्वाह गरेका थिए। उनिहरूले सकेसम्म राम्रोकाम गरेका थिए।


पाठ्यक्रमलाई परिमार्जन गर्नु आवश्यक छ

एमबीबीएस तालिमको चौथो बर्ष र इन्टर्नशिप वर्षलाई स्तरोन्नति गर्नु आवश्यक छ जसले गर्दा यो तालिम पुरा गर्नेहरू सबैले सफलतापूर्वक सामूहिक कृतिम स्वास प्रश्वास विधि सन्चालन गर्न सक्नेछन्। सिपिआर, एडभान्स लाइफ सपोर्ट र पेडियाट्रिक लाइफ सपोर्ट तालिम पुरा नगरून्जेल कुनैपनि चिकित्सकलाई ग्रामिण क्षेत्रमा पठाउँनु हुँदैन। नर्सहरूको हकमा पनि त्यसै गरिनुपर्छ। कुनै कुनै अस्पतालहरूमा त एकजना नर्स पनि सिपिआर दिन वा बालकको मुखमा अड्केको कुरा निकाल्न सक्षम रहेको पाइँदैन्। नर्सहरूलाई कहिल्यै तालिम दिइएको छैन। चरीकोट पनि यस्तो एउटा ठाउँ भएजस्तो लाग्छ। घटनास्थलको सबभन्दा नजिक रहने मानिसमा त्यो क्षमता हुनुपर्छ, र त्यो काम वरिष्ठ चिकित्सकहरूका लागि भनेर राख्नु हुन्न। चरीकोटमा सक्सन वा व्याग भल्भ मास्क उपलब्ध थियो वा थिएन भन्ने समेत हामीलाई थाह छैन। ति उपकरणहरू अस्पतालमा विरामी भर्ना गरिएको वार्डमा नभै आकस्मिक कक्षमा मात्र राखिनु अक्सर अनौठो कुरा होइन ।

IMG_20150420_141846

MBBS interns at CMC in Bharatpur. These young docs were willing and enthusiastic. A bright spot for Nepal’s future. In the recent exams, the aggregate scores for CMC were among the highest in the country.

स्वास्थ्य मन्त्रालयले राष्ट्रिय स्वास्थ्य योजनामा सशोधन गर्नु आवश्यक छ

मैले यो कुरा गतवर्ष प्रस्ताव गरेको थिएँ जतिबेला मैले आफ्नो कार्यक्रमलाई अगाडी बढाउँने र नर्सिङ् स्कूल र कलेजहरूलाई यो विधि अपनाउँन सघाउँने उपायहरूबारे सोचविचार गर्दै थिएँ। नेपालको राष्ट्रिय स्वास्थ्य योजनामा उल्लेखित ति दक्षताहरू समावेश नभएसम्म लगानी खोज्नका लागि कुनै पनि काम कारबाही नगरिने कुरा थाह पाउँदा म अचम्म परेको थिएँ। त्यसो होइन। थप कुरा के हो भने उक्त योजनालाई अध्यावधिक गर्न सघाउँन सक्ने अधिकाँश प्रशासकहरूलाई कृतिम स्वास प्रश्वास भनेको के हो भन्नेकुराको समेत यकिन जानकारी छैन्। न त यसलाई प्रभावकारी रूपमा सिकाउँन अबलम्बन गरिनुपर्ने विशेष सिकाई विधिबारे नै जानकारी छ। मेरो आफ्नै कोर्समा पनि नकारात्मक परिणाम आउँदा बखत हामी परिस्थितिलाई चर्कन नदिएर मत्थर पार्ने कला सिकाउँछौँ अर्थात त्यसबारे काउन्सिलिङ् गर्छौँ। चीनमा एमबीबीएस अध्ययन गरेका नेपाली विद्यार्थीले प्रयोगात्मक दक्षता हासिल गर्ने मौका अझ कम पाउँछन्। यस्ता तालिमको कमिका कारण नेपालमा तालिमप्राप्त गरेका चिकित्सकहरूका लागि भारतमा वा अन्य देशमा थप विशेषज्ञता हासिल गर्न हुने प्रतिस्पर्धामा नाम निकाल्न अझ गाह्रो हुन्छ।

यदि स्वास्थ्य मन्त्रालयले राष्ट्रिय स्वास्थ्य योजनाको लक्ष्य अध्यावधिक गरेर कृतिम स्वास प्रश्वास क्षमतामाथि ध्यान केन्द्रित गरेर चिकित्सा कलेजको पठन पाठन वा इन्टर्नशिप वर्षमा त्यसलाई समावेश गरेमा यो क्षेत्रमा विदेशी लगानी निर्देशित हुने सम्भावना रहन्छ र नेपालको लागि यस्तो लगानीको प्रतिफल लाभदायक हुनेछ।
आगामी वर्षहरूमा नेपालले नयाँ चिकित्सकहरूलाई दूर दराजका ग्रामिण क्षेत्रहरूमा चिकित्सा सेवा उपलब्ध गराउँने उपाय स्वरूप ति ठाउँहरूमा पठाउँने सोच विचारलाई निरन्तरता दिनेछ। हामीले उनिहरूलाई सफल तुल्याउँने र सुरक्षित रूपमा काम गर्नसक्ने बनाउँने क्षमता भरिदिनु पर्छ। समस्या समाधानका लागि यो एकमात्र रणनीति होइन तर यो एउटा महत्वपूर्ण कदम हो। 

img_20140928_174726

Joe Niemczura, RN, MS अमेरिकाबाट आउँनु भएको हो र उहाँले नेपाली नर्सिङ्को लाइसन प्राप्त गरिसक्नु भएको छ। उहाँ CCNEPal मा Principal Faculty हुनुहुन्छ र उहाँले आफ्नो कोर्शको सिलसिलामा ९० वटा क्लास मार्फत २८८५ नर्स र चिकित्सकहरूलाई पढाइसक्नु भएको छ। उहाँको दोश्रो पुस्तक The Sacrament of the Goddess एउटा उपन्यास हो। यसमा शिशु जन्माउँने क्रममा नचाहँदा नचाहँदै ज्यान गुमाएकी एकजना आमाको मृत्युको विषयलाई लिएर क्रुद्ध भिडले चिकित्सकमाथि गरेका दूर्व्यवहारको कहानी उल्लेख गरिएको छ। Niemczura ले नेपालमा स्वास्थ्य सेवा क्षेत्रमा कामगर्ने मानिसहरू विरूद्ध हुने गरेका हिँसाबारे गहन अध्ययन गरेर त्यसलाई उपन्यासमा उतार्नु भएको छ। त्यसबारे थप जानकारी Amazon वा Vajra Books ठमेलबाट पाउँन सकिन्छ। थप जानकारीको लागि उहाँको ब्लग www.joeniemczura.wordpress.com मा हेर्नुहोस्।

About Joe Niemczura, RN, MS

Experienced nursing educator and problem-solver. I have fifteen years of USA nursing faculty background. Add it with fifteen more devoted to adult critical care. In Nepal, I started teaching critical care skills in 2011. I figure out what they need to know in a Nepali practice setting. Then I teach it in a culturally appropriate way so that the boots-on-the-ground people will use it. I travel outside of Kathmandu Valley as well. When the recent violence happened, I knew the cities - I had trained people in those locations. One theme of my work has been collective culture and how it manifests itself in anger. Because this was a problem I incorporated elements of "situational awareness" training from the beginning, in 2011. Global Health Nursing is not all sweetness and light; not solely milk & honey and happy moms and babies.
This entry was posted in medical volunteer in Nepal and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s