#Janakpur Medical College for sale April 2017


IMG_20160626_130146_panorama

The ICU at JMC Teaching Hospital (city). I was there for two weeks in summer 2016 to train staff since it has recently re-opened.

Here is a story of Health Care in Terai that is not getting any national attention in Nepal, though it should.

जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलित http://www.enayapatrika.com/2017/04/08/138097/

एक वर्षभन्दा बढी समयदेखि तलब नपाएको भन्दै जानकी मेडिकल कलेजअन्तर्गत सञ्चालित शिक्षण अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । जनकपुरस्थित शिक्षण अस्पतालका चिकित्सक र कर्मचारी काम नै ठप्प पारी आन्दोलनमा उत्रेपछि अस्पतालका सम्पूर्ण सेवा बन्द भएका छन् । ०७० सालदेखिको सबै तलब भुक्तानी, समयभित्र मासिक तलब दिनुपर्ने, करार नवीकरण हुनुपर्ने, सञ्चय कोषको व्यवस्था गर्नुपर्ने र जेएमसिटिएचको ०६४/६५ को नियमावली कार्यान्वयन हुनुपर्नेलगायत माग गर्दै कर्मचारी आन्दोलित भएका हुन् ।समस्या समाधान गर्ने विषयमा पटक–पटक कलेज व्यवस्थापनसँग सहमति भए पनि समाधान नभएपछि आन्दोलित भएको अस्पतालमा कार्यरत सञ्जय चौधरीले बताए । यसबीचमा दुईपटक सञ्चालक फेरिए पनि समस्या समाधान नभएको उनले बताए । उनले भने, ‘व्यवस्थापन सहमति गर्छ, तर समस्याको समाधान हुँदैन ।’

कलेज बिक्रीको हल्लाले कर्मचारी त्रसित

कर्मचारी दुई महिनादेखि आन्दोलित भए पनि कलेज सञ्चालन खर्च र बैंकको ब्याज असुल नहुने भएपछि बिक्रीमा राखेको एक सञ्चालक सदस्यले बताए । कलेजको ऋण १ अर्ब १० करोड र कर्मचारीको तलब करिब २० करोड बाँकी रहेको ती सञ्चालकको भनाइ छ । यस्तै, विद्यार्थीको मेस तथा अन्य खर्चबापत करिब २० करोड उधारो रहेको तथा कर, बिजुली बिल गरी करिब डेढ अर्ब रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको ती सञ्चालकले बताए ।

कलेजको समस्या निवारणका लागि नयाँ व्यवस्थापन पक्षले कलेज बिक्रीमा राखेपछि पुराना सेयरधनी त्रसित बनेका छन् । कलेजका पुराना सेयरधनीमध्येका बलराम गुप्ता, समीर ढुंगना र उनकी श्रीमतीले सेयरबापतको करिब २५ करोड नपाएको बताएका छन् । विद्यार्थीले कलेज सञ्चालकमाथि ठगी मुद्दा दर्ता गराउने तयारी गरेपछि ढुंगना र गुप्ताले उधारोमा कलेज बिक्री गरेका थिए । कलेजलाई धनुषाबाट सार्ने तयारी भइरहेको र एक भारतीय नागरिकसँग नयाँ व्यवस्थापनले कलेज बिक्रीबारे कुराकानी गरिरहेको कलेजका एक कर्मचारीले दाबी गरे । कलेज किन्न भारतको चेन्नईबाट एउटा समूह आए पनि पूर्वाधार नभएपछि बार्गेनिङ गरिरहेको उनले बताए । यहीबीचमा भारत झारखण्डका केही व्यवसायीले पनि कलेज किन्न स्थलगत निरीक्षण गरेको उनले बताए ।

विद्यार्थीको भविष्य अन्योलमा

दुई वर्षपछि विद्यार्थी भर्ना गर्न अनुमति पाएको कलेजमा यसपटक करिब ५० जना विद्यार्थी भर्ना भएका छन् । उनीहरूमध्ये अधिकांशले किस्ताबन्दीमा शुल्क बुझाउने सहमति गरेका छन् । बुझाइएको शुल्क सञ्चालकले भागबन्डा गरिसकेका छन् । कलेज र अस्पताल सञ्चालनका लागि दैनिक खर्चसमेतको अभाव रहेको अस्पतालले जनाएको छ । तेस्रो र चौथो वर्षका विद्यार्थीले प्राक्टिकल गर्न पाइरहेका छैनन् । सिटी अस्पताल बन्द भएपछि उनीहरू बिचल्लीमा परेका छन् । कलेजका एकजना सञ्चालकका अनुसार कलेजको आम्दानीले अहिले ‘अप्रेसनल कस्ट’समेत उठ्दैन । उनले भने, ‘मासिक एक करोड ब्याज, डेढ करोड तलब, बिजुली, इन्धनलगायतका सबै खर्च धान्न महिनाको झन्डै तीन करोड चाहिन्छ ।’ अस्पताल र कलेजमा करिब पाँच सय कर्मचारी कार्यरत छन् ।

Janaki Medical College serves one of the poorest parts of Terai. There is a history of financial difficulty at JMC, and they have been on the radar of Nepal Medical Council for a number of years, charged with various action-plans to improve services.

 

The troubles continue. The Medical College is now for sale but nobody in the region has stepped forward with the money to invest. The asking price? 15 to 18 million USD.

I spent two weeks in Janakpur in summer 2016 to train nurses and doctors in critical care skills. If the teaching hospital is closed, that means there is only one ICU in the entire region to treat critically ill patients.

Advertisements

About Joe Niemczura, RN, MS

These blogs, and my books, and videos are written on the principle that any person embarking on something similar to what I do will gain more preparation than I first had, by reading them. I have fifteen years of USA nursing faculty background. Add to it fifteen more devoted to adult critical care. In Nepal, I started teaching critical care skills in 2011. I figure out what they need to know in a Nepali practice setting. Then I teach it in a culturally appropriate way so that the boots-on-the-ground people will use it. One theme of my work has been collective culture and how it manifests itself in anger. Because this was a problem I incorporated elements of "situational awareness" training from the beginning, in 2011.
This entry was posted in medical care in low income countries, medical volunteer in Nepal and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s